इटहरी: प्रायः शेर्पाहरूको नाम एकै खालको हुन्छ । यस बारेमा धेरैलाई जानकारी नहुन सक्छ । धेरैजसो शेर्पा समुदायले नामकरण गर्दा हप्ताका सात बारको आधारमा नाम राख्ने गर्छन् । सात बार सात फरकपरक नामहरू हुन्छन् ।
सन २००३ मा प्रकाशन भएको ‘ट्रिउन्फ अन एभरेस्ट’ नामक पुस्तकमा सम्पादकहरू आङरिता शेर्पा र सुसन होइभिका अनुसार यस्ता हुन्छन् सात बारमा सात शेर्पा नामहरुः
आइतबार: निमा
सोमबार: दावा
मंगलबारः मिङ्मार/मिङ्मा
बुधबारः लाक्पा
बिहिबारः फुर्वा
शुक्रबारः पाशाङ
शनिबारः पेम्बा




















